Aamsanchar

मारवाडी महिलालाई प्रशिक्षण

Author Image
आइतवार, असोज २१, २०७५

बिर्तामोड।

मारवाडी महिलाहरुको नेतृत्व विकासका लागि एक दिने कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । मारवाडी महिला मञ्च बिर्तामोडको आयोजनामा भएको कार्यक्रममा जिल्लाका ५० भन्दा बढी महिलाको सहभागिता रहेको थियो । उनीहरुलाई नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि प्रशिक्षण प्रदान गरिएको थियो ।

मारवाडी महिला मञ्च बिर्तामोडकी अध्यक्ष रीता चित्लांगियाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय मारवाड़ी महिला संगठनले नेपालभरिका ३४ वटै मञ्चहरूमा कार्यक्रम गर्ने विषयमा समेत छलफल भएको थियो ।

राजविराजमा नोभेम्वर १८ मा कार्यक्रम हुने राष्ट्रिय मारवाड़ी महिला संगठनकी उपाध्यक्ष निर्मला शर्मा जोशीले जानकारी दिइन् । बिर्तामोडमा भएको कार्यक्रममा भद्रपुर महिला मञ्च, युवती मञ्च, धुलाबारी महिला मञ्च, बिर्तामोड महिला मञ्च, कन्या मञ्च तथा मेची महेश्वरी महिला मञ्चको सहभागिता थियो ।

कार्यक्रममा राष्ट्रिय अध्यक्ष रचना राठी, महासचिव सरला सेठियाजीले प्रशिक्षण प्रदान गरेका थिए । मञ्चकी उपाध्यक्ष सुमित्रा पारिकले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष निर्मला जोशी, सचिव अनु जैन तथा भद्रपुर महिला मञ्चाकी अध्यक्ष निकी साहेवाला , धुलाबारी महिलामञ्चकी अध्यक्ष सुनीता सराफ, महेश्वरी परिषद्की उपाध्यक्ष नितु सोमानी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन प्रियंका शर्माले गरेकी थिइन् ।

Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर