डोटी,

दसैँ–तिहारमा डोटीमा जुवा तास खेल्ने, खेलाउने गरे मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारबाही हुने भएको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले दसैँ, तिहार तथा छठ पर्वको समयमा डोटीमा जुवा खेले, खेलाएमा वा रक्सी–जाँड खाएर हो–हल्ला गरेमा मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारबाही हुने भएको छ ।
डोटी उद्योग वाणिज्य संघले दिपायल पिपल्लामा आइतबार गरेको दसैँ शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले यस्तो बताउनु भएको हो ।

‘हामीले दसैँ, तिहार र छठ पर्वलाई मध्यजनर गरेर नयाँ सुरक्षा योजना ल्याएका छौँ’, उहाँले भन्नुभयो, ‘गल्ती गर्ने जो केहीलाई कारबाही गरेरै छोड्छौ ।’
Views: 212

