Aamsanchar

लिम्बुवानको प्रथम अधिवेशन सम्पन्न

Author Image
आइतवार, असोज २१, २०७५

बुधबारे ।

संघीय लिम्बुवान मञ्च नेपाल बुद्धशान्तिको प्रथम अधिवेशनले पूर्ण तवेगुङको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन भएको छ । आइतबार बुधबारेमा भएको अधिवेशनले उपाध्यक्षमा डिल्लीनारायण श्रेष्ठ, सुजन बेघा, ज्ञानमाया लिम्बु, प्रदिप राई, मीरा योञ्जन र सन्तोष कुमार लिम्बुलाई चयन गरेको छ ।

त्यस्तै सचिवमा नन्दु राई, सहसचिवमा गजुहाङ योङहाङ, अर्थ सचिवमा देवेन्द्र लिम्बु चयन भएका छन् । सिनियर फिल्ड कमाण्डरमा पूर्ण सुहाङ चयन भएका छन् ।

बुद्धविर गुरुङको सभापतित्व तथा सांसद विष्णु तुम्बाहाम्फेको प्रमुख आतिथ्यमा भएको प्रथम अधिवेशनमा पहिचान सहितको १० प्रान्त र १ विशेष प्रान्त सहित ११ प्रान्तलाई संविधानले नै सुरक्षित गरिनुपर्ने जोडदार माग गरिएको छ ।

कार्यक्रममा पार्टी केन्द्रीय उपाध्यक्ष नन्दु विष्ट, केन्द्रीय महासचिव संगम खनाल, प्रान्तिय महासचिव शान्ता योङहाङ, जिल्ला अध्यक्ष धनबहादुर पङधाक, वरिष्ठ उपाध्यक्ष नगेन राई लगायतको आतिथ्यता रहेको थियो ।

Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर