Aamsanchar

रोयल युथ क्लवको “ बृहत सांस्कृतिक कार्यक्रम ”कन्काई कलेजमा

Author Image
मङ्गलवार, असोज २३, २०७५

बिर्तामोड ।

बिभिन्न मुद्धामा जेल जीवन बिताईरहेका कैदिबन्दीका छोराछोरीको उचित संरक्षणका लागी आर्थीक सहयोग गर्ने उद्धेश्य राखेर स्थापीत संस्था रोयल युथ क्लव बिर्तामोडले आगामी २५ गते (बिहिबार) बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

झापाको बिर्तामोडस्थित कन्काई कलेजको प्राङगणमा आयोजना हुने कार्यक्रमको बिशेष आकर्षणका रुपमा चर्चीत युवा गायक राजु लामा तथा उनको ख्यातीप्राप्त व्याण्ड “मंगोलीयन हार्ट ”रहनेछ । स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने कार्यक्रममा बिभिन्न नृत्यहरु पनि रहने आयोजकले जनाएको छ ।

उक्त अवसरमा क्लवलाई सहयोग गर्ने तथा सामाजीक सेवामा सक्रिय व्यक्तिहरुलाई पनि सम्मान गरीने क्लवका अध्यक्ष राजू रायमाझीले जानकारी दिनुभयो । सांस्कृतिक कार्यक्रममार्फत संकलन भएको रकमबाट क्लवले आफ्नो अभियान अन्तर्गत सामुदायीक बिद्यालयमा अध्ययन गर्ने असाहाय तथा बिपन्न बालबालीकाहरुलाई शैक्षिक सामाग्री बितरण गरीने उहाँले बताउनुभयो ।

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर