Aamsanchar

एक सय १५ जना जेष्ठ नागरिकलाई सम्मान

Author Image
मङ्गलवार, असोज २३, २०७५

बुधबारे।

आदर्श नमुना सामुदायिक वन उपभोक्ता समितिले एक सय १५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी ७५ बर्ष माथिका उपभोक्ता परिवारका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष तिलनारायण रिजालको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ठ अतिथि इलाका वन कार्यालयका अधिकृत दिनेश यादव रहेका थिए । उनले शुभकामना मन्तव्य राख्दै उत्कृष्ठ कार्य गरिएको बताए ।

संस्थाका उपाध्यक्ष खगेन्द्र आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रप्रसाद अधिकारी, पूर्व अध्यक्ष यानु न्यौपाने, सामुदायिक वन बुद्धशान्ति महासंघका अध्यक्ष खिमप्रसाद आङ्वो, सम्मानित व्यक्तित्व कुलप्रसाद न्यौपाने, लक्ष्मीमाया पाण्डे लगायतले बोलेका थिए ।

अध्यक्ष रिजालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिएभने सचिव मिना अधिकारी र सहसचिव पर्शुराम चेम्जोङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर