बिर्तामोड।

झापाको कनकाई नगरपालिकामा रहेको कोटीहोममा पितृमोक्ष महाअनुष्ठानबाट संकलित अन्न वाह्रदशी गाउँपालिका–७मा वितरण गरिएको छ ।

विजयादशमी २०७५ को अवसरमा गरिवीको रेखामुनि रहेका ५० परिवारलाई दशैं मनाउन सहज होस् भन्दै ५०÷५० केजीका दरले चालम वितरण गरिएको हो । बाह्रदशी गाउँपालिका–७को संयोजनमा स्थानीयवासीलाई चामल बितराण गरिएको थियो ।
विश्व जागरण महाअभियान ट्रष्ट तथा यज्ञ सम्पादन समितिले आयोजना गरेको अनुष्ठानबाट संकलित चामल ईश्वरकृष्ण महाराजले प्रदान गरेका थिए । सो समारोहमा विश्व जागरण महा अभियान ट्रष्ट तथा यज्ञ सम्पादन मूल आयोजक समितिकी अध्यक्ष निर्मला निरौला भण्डारी, विश्व जागरण महाअभियान ट्रष्ट तथा यज्ञ सम्पादन समितिका लक्ष्मण भुर्तेल लगायतको उपस्थितिमा चामल बितरण गरिएको थियो ।

स्थानीयवासीको समस्यालाई वुझेर आफ्नो वडामा आएर चाडवाडको मुखमा अन्न वितरण गर्नु आफैंमा सत्कार्य भएको बताउँदै वाह्रदशी गाउँपालिका–७का वडाध्यक्ष मित्रराज भट्टराईले महाराज र ट्रष्टप्रति आभार व्यक्त गरे । चाडवाडको मुखमा प्रदान गरिएको अन्नले स्थानीयको मुहारमा खुशी छाएको उनले बताए ।

