Aamsanchar

अतिथि सदन टोलमा सामुहिक दुर्गा पूजा

Author Image
बिहिवार, असोज २५, २०७५

बिर्तामोड।

नवरात्र शुभरम्भको पहिलो दिन– घटस्थापना । घर घरमा घटस्थापना गरी दुर्गा भगवतीको स्तोत्र तथा दुर्गासप्तशतीको पाठ पारायण शुरु गर्ने दिन पनि हो घटस्थापना ।

हिन्दू धर्मावलम्बीहरुले दुर्गा भगवतीको मन्दिरमा समेत गएर पूजा अर्चना गर्दछन् । त्यस बाहेक नवरात्रका अवसरमा विभिन्न गाउँ र टोलहरुमा दुर्गा भवानीको सार्वजनिक पूजा समेत आयोजना गरिन्छ ।

मठ मन्दिरका अलाबा सार्वजनिक पूजा स्थलमा पाठपारायण गरिने दुर्गा सप्तसतीको मन्त्रोच्चारणले स्थानीय परिवेशलाई थप उल्लासमय बनाउँछ ।यसैबीच विर्तामोड अतिथि सदन टोलमा पनि बुधवार घटस्थापनाको अवसरमा सार्वजनिक दुर्गा पूजाको एक कार्यक्रमकाबीच उद्घाटन गरियो ।

विश्वकै प्रथम महिला शंकराचार्य हेमानन्द गिरीले पानसमा द्वीप प्रज्ज्वलन र मूर्ति अनावरण गरी सार्वजनिक दूर्गा पूजाको शुभारम्भ गरिन् । दूर्गा पूजा आयोजक समितिका अध्यक्ष बलराम कार्कीको सभापतित्वमा आयोजित समारोहमा बोल्दै उनले मातृ शक्तिको महिमा र दशैंको महत्वका बारे प्रकाश पारेकी थिइन् । आफूभित्रका दुष्प्रवृत्ति त्यागेर सत्य र शान्तिको पक्षमा लाग्न सांस्कृतिक पर्व दशैंले प्रेरित गर्ने उनको भनाइ थियो ।

आयोजक समतिका उपाध्यक्ष भानु प्रसाद शिवाकोटीले स्वागत गरेको कार्यक्रममा विद्वान कमल नयनाचार्यले हिन्दू संस्कृतिका बारेमा प्रवचन दिएका थिए ।

Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर