Aamsanchar

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

Author Image
शनिवार, असोज २७, २०७५

बेत्रावती,

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई विदुरबाट पक्राउ गरेको छ ।

उनीहरूको साथबाट रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

विदुर नगरपालिका–४ विदुर स्थित बद्रीबहादुर खड्काको घरमा उनीसहित छ जना ठूलो रकम बाजी राखेर तास खेलिरहेकोे अवस्थामा पक्राउ गरी कारबाहीका लागि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी ५४ वर्षका खड्का, ३२ वर्षीय कुमार लामा, ३६ वर्षीय हरि क्षेत्री, ४२ वर्षीय दीपक ओझा, ४७ वर्षीय बाबुराम तामाङ र ३४ वर्षीय सागर लामा छन् ।

उनीहरूले तास खेलिरहेको खाल (स्थान)बाट प्रहरीले नगद रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जनाएको छ ।

Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर