Aamsanchar

मकैको चिउरा उद्योगको शिलान्यास

Author Image
आइतवार, असोज २८, २०७५

दमक, 

झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गर्नुभयो ।

स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको हो ।  सहकारीको १६औँ वार्षिक साधारणसभाका अवसर पारेर आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति रहेको थियो ।

सहकारीले सरकारको अनुदान र आफ्नै लगानीमा मकैको चिउरा उद्योग स्थापना गर्ने तयारी गरिरहेको संस्थाकी अध्यक्ष मीना ढकालले बताउनुभयो । उद्योगका लागि चाहिने भवनको काम शुरु गरिएको छ भने उपकरण धमाधम आयात भइरहेको अध्यक्ष ढकालले बताउनुभयो ।

उहाँका अनुसार उद्योगको कूल लागत रु तीन करोड ५० लाख रहेको र त्यसमध्ये सरकारको रु एक लाख ५० हजार अनुदान रहेको छ । उद्योगको अन्य लगानी भने सहकारीको रहेको संस्थाले जनाएको छ ।

आगामी ६ महीनाभित्रमा सञ्चालन हुने चिउरा उद्योग पूर्वमा पहिलो हुने र त्यसबाट मकैको चिउरा, पिठो, चामल उत्पादन हुने छ ।

Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर