

बिर्तामोड । उदयशिल महिल बचत तथा ऋण सहकारी संस्थाको ११ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिर्तामोड–४ मा रहेको सहकारीले आइतबार बिर्तामोड स्थित अतिथी सदनमा सभा सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष राधा राईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । सहकारीले यस आर्थिक वर्षमा २ करोड १० लाख ८३ हजार २१८ रुपैंया पुजी संकलन गरेको थियो भने दुख नाफा ४ लाख ९४ हजार ३९८ रुपैंया गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ता सरस्वती कोइराला, रिना शेर्मा, सञ्जु शाहा, फुलकुमारी धिमाल, कमला विश्वकर्मा, उत्कृष्ट कर्जा तर्फ प्रमिला भट्टराई, बट्टीमाया विक, पुर्णमंगल गोयल, रेवती राजवंशी, सन्तोष ठाकुरलाई सम्मान गरिएको छ ।


त्यस्तै संस्थापक कर्मचारीहरु सिर्जना लिम्बु, ममता धिमाल र वर्ष उत्कृष्ट कर्मचारीको रुपमा तनु धिमाललाई सम्मान गरिएको थियो । स्वागत संस्थाकी उपाध्यक्ष नम्रता धिमाल, वार्षिक प्रतिवेदन अध्यक्ष राई, लेखा प्रतिवेदन शेयर सदस्य प्रतिमा धिमालले प्रस्तुत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन कल्पना सिग्देलले गरेकी थिइन् ।
वार्षिक उत्सवमा देउराली सहकारीका अध्यक्ष प्रकाशचन्द्र बराल, सम्पन्न सहकारीका अध्यक्ष राधाकृष्ण अधिकारी, जनश्रुति महिला सहकारीकी अध्यक्ष ममता राजवंशी, जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

