Aamsanchar

झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Author Image
सोमवार, असोज २९, २०७५

झापा ।

झापाको बिर्तामोड नगरपालिका–५ स्थित भगवान चौकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ प ७३४५ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही स्थान बस्ने ६० बर्षीय लाडु राजवंशीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाइते राजवंशीलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यता प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर