Aamsanchar

सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

Author Image
मङ्गलवार, असोज ३०, २०७५

बनेपा,

सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उहाँकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष लामा रहेको छ । सोनामको धुलिखेल अस्पताल तथा बिमला र मनिषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा७५प १९४९ नंको स्कुटर र विपरीत दिशाबाट आइरहेको बिआर३२जे३४७५ नंको स्कार्पियो बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ स्थित कालढुङ्गामा  एकापसमा ठोक्किँदा स्कुटरमा सवार तीनै जना गम्भीर घाइते भई उपचारका क्रममा उनीहरुको मृत्यु भएको उहाँले बताउनुभयो ।

स्कार्पियो र सोका चालक जनकपुर उपमहानगरपालिका–४ का विक्रु ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेकोे प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर