झापा ।

झापाको गौरीगंज गाउँपालिका–६ स्थित देवीगंजमा मंगलबार करेण्ट लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ८ वर्षीय सागर यादव रहेको प्रहरीले जनाएको छ । घर देखी उत्तरपट्टी रहेको दुर्गा मन्दिरमा मोटर चलाउनको लागि जडान गरिएको बिजुलीको तारबाट अचानक करेण्ट लागेर उनको मृत्यु भएको थियो ।

Views: 184


