Aamsanchar

४ वर्षमा ६ हजार प्रहरीद्वारा राजीनामा

Author Image
बुधवार, असोज ३१, २०७५

झापा ।

केही आपराधिक घटनाको अनुसन्धानमा गरेको गल्तिका कारण आलोचित बनिरहेको नेपाल प्रहरीभित्र जागिर छाड्नेको संख्यामा बृद्धी भएको छ ।

पछिल्लो ४ बर्षको अबधिमा झन्डै ६ हजार जनाले जागिर छोडेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २०७१ सालदेखि २०७४ सम्म ५ हजार ९ सय २५ जना प्रहरी कर्मचारीले विभिन्न बाहानामा सेवा त्यागेका हुन् ।

२०७१ मा १ एसएसपी, ६ डीएसपी, २० इन्स्पेक्टरसहित १ हजार ७ सय २३ जनाले जागिर छाडे भने २०७२ मा ३ डीएसपी, १९ इन्स्पेक्टर, १ सय ३ जना सईसहित एक हजार २ सय ५२ जनाले राजीनामा दिए ।

Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर