Aamsanchar

सञ्चारकर्मी ‘तेजु’को अवस्था अझै अज्ञात

Author Image
आइतवार, कार्तिक ४, २०७५

डोटी, 

बडीमालिका मेलाबाट बेपत्ता भएका डोटीका सञ्चारकर्मी तेजबहादुर खड्का ‘तेजु’ हराएको दुई महीना हुन लाग्दासमेत उहाँको अवस्था अझै अज्ञात छ ।

गएको भदौ ९ गते बाजुरास्थित बूढीनन्दा मेलाबाट घर फर्किने क्रममा बेपत्ता भएका खड्काको अवस्थाबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन् । उहाँकोे खोजीका लागि सरकारी निकायको लापर्वाही देखिएको तथा खोजी र छानविनका लागि गठन भएको मिसन टोलीको समेत उदासिनता देखिएको आरोप डोटीका सञ्चारकर्मीको छ ।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्षसमेत रहनुभएका खड्काको खोजी कार्यमा ध्यान दिन विभिन्न निकायलाई आग्रह गरिएको युनियनका जिल्ला अध्यक्ष प्रकाश बमले बताउनुभयो ।

प्रेस युनियनमा आबद्ध सञ्चारकर्मी खड्काको खोजीका लागि युनियका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको नेतृत्वममा केही महीना अघि मिसन टोली बनाइएको थियो ।

सो टोलीले धनगढी हुँदै घटनास्थल रहेको बाजुरा जिल्लासम्म जाने भने पनि त्यहाँ नपुगेको भन्दै डोटीका सञ्चारकर्मी निरास भएका हुन् । सरकारले ‘तेजु’ को खोजी कार्यमा खासै चासो नदेखाएको प्रेस युनियनको आरोप छ ।

सञ्चारकर्मी खड्का बेपत्ता भएपछि नेपाली सेनाको हेलिकप्टर र सुरक्षा निकायको टोली पठाएर छानविनको प्रयास गरिएको थियो । टोलीले स्थलगत अध्ययन गरे पनि हालसम्म उहाँको अवस्था वारे ज्ञात हुन सकेको छैन् ।

Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर