Aamsanchar

झापामा श्रीमानद्धारा कुटपिट गरी श्रीमतीको हत्या

Author Image
सोमवार, कार्तिक ५, २०७५

पार्थ मण्डल/ भद्रपुर ।

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका ८ बिरिङ पुल नजिकै बस्ने अन्दाजी ४५ बर्षीय आइतराज परियार रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार कार्तिक ३ गते शनिवार दिउँसो परियारका श्रीमती माया आफ्नै घरमा मृत अवस्थामा फेला परेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रहरी पुग्दा मायाको शरिरमा निलडाम देखेको र मादक पदार्थ सेवन गरी झगडा गरेको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि फरार भएका आइतराजको प्रहरीले खोजी कार्य सुरु गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

फरार भएका आइतराजलाई प्रहरीले इलामको दानवारीबाट आइतबार पक्राउ गरिएको उनले बताए ।

यता पक्राउ परेका आइतराजले आफुले श्रीमतीको कुटपिट गरी हत्या गरेको स्वीकार गरेपछि उनीमाथि प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गरी थप अनुसंन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर