Aamsanchar

अलैँचीका बिरुवा निःशुल्क वितरण

Author Image
आइतवार, साउन २३, २०७३

खोटाङ।

13528757_1165016983529309_2338117117271104265_n

खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो ।

व्यावसायिक रुपमा अलैँचीको खेती गर्दै आएका किसानलाई  १० हजार अलैँचीका बिरुवा वितरण गरिएको कृषि वन तथा वातावरण समितिका उपाध्यक्ष तुलाराज राईले बताउनुभयो । प्रतिबोट रु १० का दरले बेर्ना खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिएको समितिले जनाएको छ ।

पछिल्लो समय जिल्लामा अलैँचीको व्यावसायिक खेती गर्ने कृषकको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्लामा गत वर्ष रु एक अर्ब बढीको अलैँची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर