Aamsanchar

चिर्पटले हान्दा एक पुरुषको मृत्यु

Author Image
बुधवार, कार्तिक ७, २०७५

आँपटार ।

भोजपुरको षडानन्द नगरपालिका–५ आँपटारमा चिर्पट प्रहारबाट गम्भीर घाइते सुुरेश राईको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ।

२६ वर्षीय राईलाई म‌गलबार सोही स्थान बस्ने २७ वर्षीय पञ्चबहादुर भनिने मानबहादुर मगरले चिर्पट प्रहार गरेका थिए। गम्भीर घाइते राईलाई उपचारका लागि संखुवासभाको तुम्लिङटार लगिएको थियो।

तुमलिङटारमा उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदै थियो।

धरान लैजाने क्रममा बुधबार बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल संखुवासभामा पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर