Aamsanchar

देवघाटमा पार्कसहित शिव मूर्ति बन्दै

Author Image
बुधवार, कार्तिक ७, २०७५

भरतपुर,

धार्मिक पर्यटकलाई लक्षित गरी पवित्र तीर्थस्थल देवघाटधाममा पार्कसहितको अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण कार्य शुरु भएको छ । भरतपुर महानगरपालिका–१ को सीताराम माविसँगै दुई बिगाहा सात धुर जग्गामा शिवमूर्ति, बाल उद्यान, उद्यान, शिव पञ्चायन मन्दिर निर्माण गरिँदै छ ।

नारायणी नदीबाट जल तानेर शिवको शिरबाट पाउसम्म झरेपछि कुण्ड हुँदै ११ मुखे धाराबाट झारेर स्नान गर्ने व्यवस्था गरिँदै छ ।

देवघाटधाम संरक्षण प्रतिष्ठानका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीका अनुसार शिव मूर्ति निर्माणको काम थालिएको छ । तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो । शिवको मूर्ति तामा, पित्तल, चरेस, ढलोट, सुन, चाँदी, सिसा र सिलभर (सिलौट) बाट निर्माण गरिनेछ ।

प्रतिष्ठानका अध्यक्ष अधिकारीका अनुसार मूर्ति निर्माणका लागि मात्रै रु चार करोड खर्च हुने अनुमान गरिएको छ ।

Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर