Aamsanchar

ओलम्पिकमै सबैभन्दा कान्छी खेलाडी गौरिकाले आज प्रतिस्पर्धा गर्ने

Author Image
आइतवार, साउन २३, २०७३

काठमाडौं ।download (1)

ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिक गेम्समा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । रियो ओलम्पिकमा सहभागी १० जहार ५ सय खेलाडीमध्ये सबैभन्दा कान्छी खेलाडी बनेकी गौरिकाले यसअघि नैं विश्वभरको मिडियाका चर्चा कमाइसकेकी छिन् ।

आज हुने खेलमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने गौरिकाको लक्ष्य छ । गौरिकाले अघिल्लो वर्ष सम्पन्न दक्षिण एशियाली खेलकुद सागमा पौडीतर्फ एक रजत तथा तीन वटा कास्य पदक जितेकी थिइन् । उता रियो ओलम्पिकमा सहभागी ७ नेपाली खेलाडीमध्ये आर्चरीका जीत बहादुर मोक्तानले पहिलो दिनको खेलमा ६ सय ७ स्कोर गरेका छन् ।

मोक्तानले अब दोस्रो चरणमा मंगलबार भारतका खेलाडी अतनु दाससँग खेल्ने भएका छन् । मोक्तान र सिंह बाहेक रियो ओलम्पिकमा नेपालका पौडी खेलाडी शिरिष गुरुङ, एथ्लेटिक्सका हरी रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपु ल्हामु खत्री तथा तेक्वान्दोकी निशा रावलले प्रतिस्पर्धा गर्दैछन् ।

Views: 197

प्रतिक्रिया (०)