काठमाडौं,

काठमाडौंका छुट्टाछुट्टै दुई वटा गेस्ट हाउसमा बुधबार एक जना महिला र एक जना पुरुष गरी दुई जना मृत फेला परेका छन्।

गेस्ट हाउसमै मृत अवस्थामा भेटिएका दुबै जनाको मृत्यु शंकास्पद भएको भन्दै काठमाडौं महानगरीय प्रहरी परिसरले अनुसन्धान अघि बढाएको छ। मृत्यु हुनेमा रुपन्देही बुटवल घर भएकी मीना गुरुङ र अछाम मंगलसेन घर भएका ५५ वर्षीय रुपबहादुर शाह रहेका छन्।
गुरुङको शव काठमाडौं टोखा नगरपालिका–९ बुद्ध टोलस्थित पाँचथर स्याबरुम्बा गेस्ट हाउसको दोस्रो तलाको १०२ नम्बरको कोठामा फेला परेको हो । त्यस्तै शाहको काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित कालिका गेस्ट हाउको शौचालयमा मृत फेला परेको प्रहरीले जनाएको छ।

Views: 130

