Aamsanchar

सफ्ट टेनिस प्रशिक्षक नेपालमा

Author Image
बिहिवार, कार्तिक ८, २०७५

काठमाडौँ, 

नेपाल सफ्ट टेनिस सङ्घको अनुरोधमा दुई कोरियाली प्रशिक्षक आज यहाँ आउनुभएको छ ।

आगामी मङ्सिर २ देखि ९ गतेसम्म दक्षिण कोरियाको सञ्चनमा हुने तेस्रो विश्व जुनियर सफ्ट टेनिस प्रतियोगिता र भारतको अहमदाबादमा आगामी पुस २५ गते हुने प्रथम दक्षिण एशियाली सफ्ट टेनिस च्याम्पियनसिप तयारीका लागि प्रशिक्षकद्वय चोई चोङ्ग रियूल र पाएक ह्युन सिक् नेपाल आएको सङ्घका अध्यक्ष विनयविक्रम शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई महीना बसाइका क्रममा प्रशिक्षकले काठमाडाँैलगायत विराटनगर, धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा र नेपाल प्रहरी स्कुल साँगामा प्रशिक्षण दिनुहुनेछ ।

उक्त प्रशिक्षणले नेपाली खेलाडीको खेलस्तर बढ्नाका साथै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालले पदक हासिल गर्न मद्दत पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर