Aamsanchar

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

Author Image
बिहिवार, कार्तिक ८, २०७५

मेलम्ची,

सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज १४ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका–२ का ४९ वर्षीय माइला भन्ने रामशरण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला अदालत रुपन्देहीले २०६१ साल जेठ २७ गते सवारी ज्यान मुद्दाका अपराधमा अधिकारीलाई एक वर्ष ११ महिना ३ दिन कैद फैसला गरेको थियो । त्यहीबेला देखि उनी फरार थिए ।

अधिकारीलाई आजै जिल्ला अदालत सिन्धुपाल्चोकमा बुझाएर कैद असुल उपर गर्न जिल्ला कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिमलराज कणेलले जानकारी दिनुभयो ।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर