Aamsanchar

मापसे गरी सवारी चलाए कारवाहीसंगै पढाइपनि

Author Image
शुक्रवार, कार्तिक ९, २०७५

बिर्तामोड।

माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउन प्रहरीले तयारी सुरु गरेको छ । जसका लागि मदक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई अब जरिवाना मात्र हैन कक्षा नै लिन सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

सवारी चलाउनेलाई यस अघि सवारी चालक अनुमति पत्रमा प्वाल पार्ने र जरिवाना गर्ने गरिएको थियो प्रहरी उपरीक्षक ढकालले भने–‘ कानून र ट्राफिक प्रहरीलाई अटेरी गर्दै मादक पदार्थ सेवन गरेर सवारी चलाउने क्रम नरोकिएपछि यस्तो अभियान थालेका हौं ।’

अभियान अन्र्तरगत पहिलोदिन १७ जना सवारी चालक कारवाहीमा परेका छन् । उनीहरुलाई मापसे गरेर सवारी चलाउनु हुँदैन भन्ने कक्षा लिएको प्रहरी उपरीक्षक ढकालले बताए । कारवाहीमा परेका सवैलाई इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनु हुन्न भन्ने विषयमा सिकाइएको प्रहरीले जनाएको छ ।

अभियानको पहिलो चरणमा कक्ष लिने , पटके भए एक रात थुन्ने र पुन दोहोरिए जिल्ला प्रशासन कार्यालय झापालाई कारवाहीका लागि सिफारिस गरिने प्रहरीले जनाएको छ ।

Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर