भद्रपुर ।

झापाको भद्रपुरमा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रोयल क्लव भद्रपुरले आयोजना गरेको शनिवार भएको उद्घाटन खेलमा आयोजक टिम रोयल क्लव सजिलै सेमीफाइलनमा प्रवेश गरेको छ ।

भद्रपुर माविको खेल मैदानमा रोयल क्लवले कचनकवलस्थित बगान फुटबल क्वललाई एकको विरुद्ध पाँच गोलको भारी अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । रोयलका जर्सी नम्बर ७ का सुभम रायाले ह्याट्रिक गरेका थिए । रायाले पहिलो हाफ्को ११ औ, १७ औ र २२ औ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा तीन गोलले पछि परेका बगान द्रोसो हाफमा पनि लयमा फर्कन सकिने ।

दोस्रो हाफ्मा रोयलका काशिम राईले खेलको ३५ औ र ५४ औ मिनेटमा गरी दुई गोल थपे । बगानको तर्फबाट सुमन लिम्बुले खेलको ५० औ मिनेटमा एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच रोयलका सुभम राया घोषित भएका थिए । उनलाई नगद २ हजारसहित झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा)ले पुरस्कृत गरेका थिए । आइतरबा हुने खेल मुनाल क्लव चन्द्रगढी र काकँडभिट्टा ट्रेनिङ सेन्टर बीच हुने जनाइएको छ ।



रोयल क्लवका अध्यक्ष प्रकाश राईको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा झापा फुटबल संघका अध्यक्ष भगिरथ आले, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, खेलकुल विकास समितिका कार्यालय सचिव टहल मैनाली, वडाध्यक्षद्धय गौरव सुब्बा (मनोज), बन्धु कार्की, उद्योगी नितेश बर्मा, नितेश अग्रवाल लगायतको सहभागिता रहेको थियो ।
असोज १७ गतेसम्म जिल्लास्तरीय प्रतियोगितामा आठ वटा टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा विजेता टिमलाई नगद ५० हजारसहित ट्रफि, शिल्ड प्रदान गरिनेछ, भने उपविजेता टिमलाई नगद ३० हजारसहित ट्रफि, शिल्ड प्रदान गरिने संयोजक क्षेत्रीले बताए । विजेता टिमको पुरस्कार राशी मुख्य प्रायोजक मगमग चाउचाउ र उपविजेतालाई युवा निर्माण व्यवासयी राजकुमार राईले प्रदान गर्ने आयोजक समितिका संयोजक सन्तोष क्षेत्रीले जानकारी दिए ।

