Aamsanchar

बिर्तामोडमा अन्तराष्ट्रिय स्तरको सिनेमा हल

Author Image
मङ्गलवार, कार्तिक १३, २०७५

बिर्तामोड,

झापामा पछिल्लो समय सिने क्षेत्रमा लगानी बढेको छ । प्रिन्ट रिल हटाएर डिजिटल प्रविधिबाट चलचित्र प्रर्दशन गर्न शुरु गरिएसंगै सिने क्षेत्रमा लगानी बढेको हो । चलचित्र विकास शुल्कका नाममा २०६८ साल अघिसम्म सरकारले सिनेमा हल सञ्चालकसंग चलचित्र हल सञ्चालनमा नआएपनि सेवा शुल्क दिनैपर्ने बाध्यता रहेको नेपाल चलचित्र संघका पूर्व अध्यक्ष राजकुमार पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो –‘ २०६८ सालमा म संघको ४० औं महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भए र त्यसको विरोध गर्दै चलचित्र हलले आम्दानी नगरेको दिन सरकारलाई किन शुल्क तिर्ने भन्दै सर्वाेच्च अदालतमा मुद्दा हाले ,सर्वाेच्चले पनि हाम्रै पक्षमा मुद्दा फैसाला ग¥यो’ उहाँले भन्नुभयो –‘ चलचित्र विकास शुल्क हटेसंगै पछिल्लो समय सिने क्षेत्रमा लगानी गर्ने व्यवसायी उत्साहित बनेका हुन र सिने क्षेत्रमा लगानी बढेको हो ।’

आफ्नै पहलमा डिजिटल प्रविधिबाट चलचित्र प्रर्दशन गर्न शुरु भएको बताउँदै उहाँले भन्नुभयो – डिजिटल प्रविधिबाट चलचित्र देखाउन थालिएपछि झापा लगायत देशभर नयाँ – नयाँ प्रविधि अपनाएर अन्तराष्ट्रिय मापदण्डका सिनेमाहलहरु समेत निर्माण हुन थालेका हुन् । अहिलेपनि झापामा त्यो क्रम जारी छ ।’


सोमवार मात्रै झापाको बिर्तामोडमा निर्मित एस के इन्टरटेण्डमेन्ट सिनेमा हल उद्घाटन समारोहमा पत्रकारसंग कुराकानी गर्दै उहाँले भन्नुभयो –‘अहिले नेपालमा जति चलचित्र बनेका छन् तिनीहरुलाई अझ गुणस्तरीय बनाउन सके नेपाली चलचित्रका दर्शकले सधै सिनेमाहल भरिभराउ हुन्छन् ।’

१० लाख रुपैयाँको लागतमा निर्मित एस के इन्टरटेण्डमेन्ट सिनेमा हलमा पूर्वमै पहिलो पटक सिल्भर स्क्रिनको थ्री डी पर्दा राखेर चलचित्र देउखइने भएको छ । अन्तराष्ट्रि स्तरका मापदण्ड पूरा गरी टु के प्रोजेक्टर, एलवी डिजिटल साउण्ड सिस्टमको व्यवस्था सहित चलचित्र देखाइने हलमा सञ्चालक मिजास पोखरेलले जानकारी दिनुभयो । दुई सय ७१ सिट क्षमता भएको चलचित्र हल १५ हजार वर्ग फिटमा रहेको जानकारी दिइएको छ ।


यस अघि झापाको ग्रामीण वजार राजगढमा विजया दशमीको अवसर पारेर एभरेष्ट डिजिटल सिनेमा हल सञ्चालनमा आएको थियो । सो सिनेमा हल ५ करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको चलचित्र हलका सञ्चालक चान महम्मदले जानकारी दिनुभयो ।

झापामा हाल बिर्तामोडमा ३, दमकमा २ भद्रपुर,राजगढ, धुलावारी, इटाभट्टामा एक एक वटा चलचित्र हल सञ्चालनमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 361

प्रतिक्रिया (०)

सम्बन्धित खबर