काठमाडौँ,

चीनको साताव्यापी भ्रमण गरी उपप्रधानमन्त्री ईश्वर पोखरेल आज स्वदेश फर्कनुभएको छ ।

चीनका रक्षामन्त्री वेइ फेङहको निमन्त्रणामा आठौँ ‘बेइजिङ सियाङग्स्ट्यान फोरम’ मा भाग लिएर उहाँ आज स्वदेश फर्कनुभएको हो । रक्षामन्त्री पोखरेललाई रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल र नेपाली सेनाका उच्च अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

चीन भ्रमणका क्रममा नेपाललाई चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई करीब रु दुई अर्ब ५५ करोड सहायता उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको थियो । उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घको शान्ति कार्यमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यका बारेमा सम्बोधन गर्नुभएको थियो ।

Views: 227

