भद्रपुर ।
न्यु स्टार क्लव खोपबारी झापाको भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
भद्रपुर माविको खेल मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा जलथल फुटबल क्लवलाई एकको विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै न्यु स्टार खोपवारी सेमीफाइनलमा प्रवेश गरेको हो ।
अब न्यु स्टार खोपबारी सेमीफाइनलमा मुनाल क्लव चन्द्रगढीसंग उपाधीका लागि भिड्ने पक्का भएको छ । खेल सुरु भएलगतै खोपबारीले जलथलमाथि दवाव बनाए । खेलको ९ औ मिनेटमा खोपबारीका जर्सी नम्बर ४ का सनम राईले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
राईले गोल गरेको एक मिनेट बित्न नपाउँर्दै खोपबारीका जर्सी नम्बर १३ का प्रविन राईले १० औ मिनेटमा अर्का गोल थपे । दुई गोलले अगाडि रहेका खोपबारीले खेलको १९ औ मिनेटमा जर्सी नम्बर १० का विश्वास लिम्बुले गोल गर्दै पहिलो हाफमा टिमलाई तीन गोलले अग्रता दिलाए ।
जलथलका गोलकिपर दीपेन्द्र खनालले गोल रोक्न नसकेपछि खेलको २० औ मिनेटमा उनको स्थानमा जीवन राईलाई पठाए । राईले महत्वपूर्ण गोल रोकेका थिए ।
दोस्रो हाफमा जलथलले आक्रमक पारी खेले पनि गोल गर्न अवसर पटक पटक गुमाए । खेलको ५६ औ मिनेटमा जलथलले एक गोल फर्काएका थिए । जलथलका कम्तान जर्सी नम्बर १० का राजिव राईले गोल गरे । खेलको म्यान अफ द म्याच खोपबारीका सनम राई घोषित भए ।
रोयल क्लव भद्रपुरद्धारा आयोजित प्रतियोगितामा बुधवार पहिलो सेमीफाइनल खेल आयोजक रोयल क्लव र रेड स्टार फुटबल क्लव बिर्तामोड बीच हुने जनाइएको छ ।