Aamsanchar

प्रधानमन्त्री ओली अझै केहीदिन अस्पतालमै बस्ने

Author Image
बुधवार, कार्तिक १४, २०७५

झापा ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप केही दिन चिकित्सककै निगरानीमा राखेर उपचार गरिने भएको छ ।

स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियो सेन्टर भर्ना गरिएको थियो ।

७२ घण्टे निगरानीमा उपचार थालेको चिकित्सक टोलीले केहि दिन अस्पातालमै राखेर उपचार गर्ने निर्णय गरेको उपचार टोलीका संयोजक बरिष्ठ मुटुरोग बिशेषज्ञ डा।अरुण सायमीले जानकारी दिए । उनको स्वास्थ्यमा ८० प्रतिशत सुधार भईसकेको डा सायमीको भनाई छ । अस्पातालबाट डिस्चार्ज गर्दा ब्यस्ततासंगै संक्रमणको समेत संभावना रहेकाले अस्पातालमै राखेर उपचार गर्ने डा सायमीले बताए।

प्रधानमन्त्रीले आफ्ना नियमित काम आफै गरेको भन्दै चिकित्सकहरुले उनी सहजताका साथ कुराकानी गर्न सक्ने अबस्थामा रहेको बताएका छन् ।

छातीमा देखिएको सक्रमण र रगतमा चिनीको मात्रा पुर्णत नियन्त्रणमा रहेको सायमीले बताए ।

Views: 132

प्रतिक्रिया (०)