


आज तिहारको लक्ष्मीपुजाको दिन विर्तामोडमा फुलको व्यापार बढेको छ । यस वर्ष झापा अनि पहाडी क्षेत्र र भारतवाट आयात गरिएको फुलले विर्तामोडको बजार फुलमय बनेको छ ।

विगतको बर्ष भन्दा यस बर्ष सुलभ खुल्यमा फुुलको कारोबार भई रहेको छ । गत बर्ष प्रति ८० देखि १०० रुपैया सम्म विक्रि भएको फुलको माला यस बर्ष नेपालमा उत्पादन बढेकोले बजार मुल्य पनि घटेर प्रति माला ३० देखि ४० रुपैयामा झरेको छ । अहिलेको अवस्थालाई हेर्ने हो भने अव सयपत्री फुलमा झापा आत्मनिर्भर भएको मान्न सकिन्छ ।




































Views: 126

