Aamsanchar

शान्ति सुरक्षा कायम गर्न जनप्रतिनिधिको अग्रसरता

Author Image
मङ्गलवार, कार्तिक २७, २०७५

नेपालगञ्ज, 

शान्ति सुरक्षा कायम गर्न बाँकेको राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिले अग्रसरता देखाएका छन् । आफ्नो गाउँ समाजलाई सभ्य, सु–संस्कृत तथा शान्तिपूर्ण बनाउन गाउँपालिकाले प्रहरीसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम गर्न लागेको हो ।

समुदायका लागि ‘प्रहरी पालिका’ नामक समिति गठन गरिसकेको उक्त गाउँपालिकाले शान्ति, अमनचैन कायम गर्न विभिन्न कार्यक्रम गर्नेछ । उक्त कार्यक्रमका लागि गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिसकिएको छ ।

समितिमा उपाध्यक्ष धनीकुमारी खत्री र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नीरञ्जन घिमिरे सहसंयोजक तथा प्रहरीचौकी अगैयाका प्रहरी सहायक निरीक्षक उजिरसिंह दर्लामी सदस्य–सचिव रहनुभएको छ । समितिमा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायत सदस्य छन् ।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर