Aamsanchar

नामिबियाको क्रिकेट टोली नेपालमा

Author Image
बिहिवार, वैशाख २, २०७३

काठमाडौँ, २ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा यही वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनको १७ सदस्यीय नामिबियाको टोली आज नेपाल आइपुगेको हो । उक्त टोलीलाई सोल्टी होटलमा राखिएको नेपाल क्रिकेट सङ्घ (क्यान)की कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिनुभयो ।
नेपालका लागि नामिबियासँग खेल निकै महत्वपूर्ण मानिएको छ । अघिल्लो चरण प्रवेश गर्नका लागि नेपाललाई दुवै खेल जित्नै पर्ने दबाब छ । यदि नेपालले दुवै खेलमा नामिबियालाई पराजित गर्नसके नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो हुनेछ ।
उक्त प्रतियोगितामा सहभागी आठ राष्ट्र टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउने छ । प्रतियोगितामा यसअघि चार खेल खेलको नेपालले चारै खेलमा हार व्यहोर्दै अङ्कविहीन छ भने नामिबियाले दुई अङ्क जोडेको छ । नेपाल स्टकल्यान्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो ।
नेपाली टोलीलाई प्रक्षिक्षक जगत टमाटा र परामर्श प्रशिक्षकका रुपमा पुबुदु दासानायकेले प्रशिक्षण दिइरहुनभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर