झापा।
नेपाल दक्षिण एशियाली साफ गेममा शारीरिक सुगठनतर्फ झापाका उमेश राई (जीवन) ओभरअल च्याम्पियन भएका छन् ।
साउथ एशियन बडी विल्डिङ एण्ड फिटनेश च्याम्पियनसिप–२०१८को उपाधि जितेका राईले सबै उमेर समूहका प्रतिस्पर्धीलाई पछि पार्दै च्याम्पियन बनेका हुन् ।
राजधानीमा शनिवार भएको प्रतियोगितामा नेपालसहित भारत, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानले सहभागिता जनाएका थिए ।
८ राष्ट्र सम्मिलित प्रतियोगिताको नेपालको तर्फबाट प्रतिनिधित्व गरेका झापाका राईले अन्य राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका हुन् । उनले यसअघि प्रथम मिस्टर एभरेष्ट प्रतियोगिताको उपाधि समेत हात पारेका थिए । उनी ग्यालेक्सी फिटनेशका प्रशिक्षक समेत रहेका छन् ।
शारीरिक सुगठनतर्फ ७० केजी तौल समूहको स्पर्धामा झापाकै राम दाहालले उपाधि जितेका छन् । उनले गोल्ड मेडल र ट्रफी हात पारेका छन् । उनी बडी ग्यारेज बिर्तामोडका सञ्चालक हुन् । त्यस्तै ८५ केजीतर्फ ललित धिमाल तेस्रो भएका छन् ।