Aamsanchar

ललितपुर प्याट्रियसद्वारा ज्ञानेन्द्रको कप्तानीमा १८ सदस्यीय टोली घोषणा

Author Image
बिहिवार, मंसिर १३, २०७५

काठमाडौँ, 

यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले  ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।

पत्रकार सम्मेलननमा क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा तीन भारतीय खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ ।

घोषित टोलीमा कप्तान मल्लसहित भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमार छन् । त्यसैगरी टोलीमा सन्दीप लामिछाने, ललित राजवंशी, सोनु तामाङ कुशल भूर्तेल, शंकर राना, रसिद खान, पवन सार्राफ, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की लगायत छन् ।

इपिएलका लागि ललितपुरले खेलाडीका लागि मात्र रु ३५ देखि ४० लाख खर्च गर्न लागेको जनाएको छ । खेलाडीको सबै सुविधाका लागि उनीहरुले अघिल्लो संस्करणको भन्दा झण्डै तेब्बर रकम खर्च भएको ललितपुर अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर