Aamsanchar

रजनीकान्तको फिल्म ‘२.०’ लिक, लिक गर्नेले नै दिए निर्मातालाई जानकारी

Author Image
शुक्रवार, मंसिर १४, २०७५

एजेन्सी ।

साउथ सुपरस्टार रजनीकान्त र अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘२.०’ नोभेम्बर २९ मा प्रदर्शन भएको केही घण्टा भित्रै अनलाइनमा लिक भएको छ ।

यसले फिल्मका निर्माताहरुलाई घाटाका साथै ठूलो झड्का लागेको छ ।  फिल्म ‘२.०’ तमिलरकर्स नामक एक वेबसाइटमार्फत लिक भएको हो ।

अझै रोचक कुरा के छ भने पाइरेटेड वेबसाइट तमिलरकर्स आफैँले ट्वीटरमार्फत फिल्म निर्मातालाई चेतावनी दिँदै फिल्म ‘२.०’ लिक भएको जानकारी दिएको थियो ।

अभिनेता अक्षय कुमारले फिल्म निर्माताहरुलाई घाटा हुनबाट बचाउनका लागि आफ्ना फ्यानहरुलाई अनलाइनमा लिक भएको फिल्म नहेर्न अनुरोध गरेका छन् ।

फिल्म निर्माण यूनिटले फिल्मको छायांकनको बेलादेखि नै फिल्मका कुनै पनि जानकारीहरु, तस्बिर र भिडियोहरु लिक नहोस् भनेर धेरै सावधानी अपनाएको थियो ।-उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर