Aamsanchar

झापाका बाढीपीडितलाई अष्ट्रेलियामा सहयोग जुटाइदै

Author Image
बुधवार, साउन २६, २०७३

badii

अष्ट्रेलिया ।
झापा जिल्लाका बाढीपीडितहरुका लागि अष्ट्रेलियामा रहेका नेपालीहरुबाट सहयोग जुट्न शुरु भएको छ ।

अष्ट्रेलियालाई कर्मथलो बनाएका नेपालीहरुबाट सहयोग स्वरुप रकम उठ्नेक्रमको शुरुवात भएको झापाली समाज, अष्ट्रेलियाका अध्यक्ष दिपक खनालले जानकारी दिए ।
अष्ट्रेलियाबाट उठेको सहयोग रकम बाढीपीडित झापाली नेपालीहरुसमक्ष पुर्‍याइने झापाली समाज, अष्ट्रेलियाका संरक्षक दिनेश पोखरेलले बताए ।

सहयोगस्वरुप तीन लाख रुपैयााभन्दा बढी संकलन भएको समाजका कोषाध्यक्ष अजय राजवंशीले जानकारी दिए । सहयोग रकम उठ्नेक्रम जारी रहेकोसमेत उनले बताए ।
यसरी सहयोग स्वरुप रकम प्रदान गर्नेहरुमा अशोक उप्रेती, दिपेन्द्र ओडारी, जविन श्रेष्ठ, रुपक चुडाल, मदन धौराली, अरुण ढकाल, अजय राजवंशी, राजकुमार गोश्वामी, तेज उप्रेजी, नेत्र पौडेल, करण राजवंशी, मिना अधिकारी, रुपराज मैनाली, दिपक चुडाल, युवराज उप्रेती, सुरज खनाल, प्रविन चौहान, दिनेश पोखरेल, राजन सिटौला, अरुण विमली, रोशन ओली, अशोक ओली, पुण्य सुवेदी, दिपक खनाल, निरज बास्तोला, उमेश पोखरेल, मुकेश रेग्मी, इन्द्र न्यौपाने, भवानी ओली, भुपाल सिटौला, निजन चौलागाईं, पारस सिटौला, धर्मेस राजवंशी, नविन खनाल, खिलेन्द्र तिमल्सिना, समिर प्रसाई, मञ्जला सिटौला लगायतका छन् ।
झापाली समाज अष्ट्रेलियाले परोपकारी अभियानमा साथ दिन अष्ट्रेलियामा रहेका नेपालीहरु माझ आग्रह गरेको छ ।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर