Aamsanchar

मोडलिङमा उदाउदै सुगम

Author Image
बुधवार, साउन २६, २०७३

Sugam-nembang final

[ सागर गौतम]

मोडलिङ क्षेत्रमा रम्नेहरुको भिडमा उदाउदो एउटा नाम हो सुगम नेम्बाङ । झापाली मोडलसुगमले निकै म्युजिक भिडियोहरुमा अभिनय गरीसकेका छन । झापा खुदुनाबारी स्थायी घर भएका सुगम २०६७ साल देखी यो क्षेत्रमा जमेर लागेको बताउँछन । उनले गायक बिनोद दनुवारको आवाजमा रहेको ‘पियारी’वोलको गीतमा पहिलो पटक अभिनय गरेका थिए ।

मोडल सुगमले बादल लिम्बुको ‘तिमीलाइ फूल’ ,देभ नेम्बाङको ‘माया मेरी माया’ लगायत एक दर्जन भन्दा बढी गीतमा अभिनय गरीसकेका छन । भर्खरैमात्र उनको नयाँ भिडियो सार्वजनिक भएको छ । चर्चित गायक सन्तोस आलेको आवाजमा रहेको ‘तिम्रो हेराईमा डर छ’वोलको गीत सार्वजनिक भएको हो ।

उनले टि–लभ लगायत धेरै छोटा चलचित्रमा पनि अभिनय गरेका छन । विभिन्न टेलिभिजन बाट प्रसारण हुने टेलिसिरियलहरु ‘हिजो आजका कुरा’ ‘पञ्चामृत’मा समेतमा उनको अनुभव रहेको छ । लिम्बु भाषामा निमार्ण गरीएको चलचित्र ‘हेलुग्वा’मा पनि उनले अभिनय गरेका छन । मोफसलमा रहेर यो क्षेत्रमा अघि बढ्न निकै कठिन रहेपनी आफ्नो रहरको क्षेत्र भएकोले लागी पर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर