काठमाडौं, ।


जारी ओलम्पिक प्रतियोगिताको पदक तालिकामा हालसम्म अमेरिकाले शीर्ष स्थान ओगटेको छ ।

आज छैठौं दिनमा खेल जारी रहँदा अमेरिका १३ स्वर्ण पदकसहित शीर्ष स्थानमा छ । उसलाई पछ्याईरहेको चीन १० स्वर्णसहित दोस्रो स्थानमा छ भने ६ स्वर्ण पदक जितेको जापान तेस्रो स्थानमा छ ।

अष्ट्रेलिया, दक्षिण कोरिया र हंगेरीले ५÷५ वटा स्वर्ण जितेका छन् । यसैगरी रुस, बेलायत र जर्मनीले ४÷४ वटा स्वर्ण पदक जित्दा ३ वटा स्वर्ण पदक जितेको ईटाली दशौं स्थानमा छ । रियो ओलम्पिकमा हालसम्म ५६ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।


Views: 214

