(केशवराज भण्डारी)



नेपाल मौरी पालक महासंघ (FNBK)भरतपुर चितवनको २० औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय मौरी पालक किसान सम्मेलन पुस २४ गते झापाको विर्तामोड स्थित अतिथी सदनमा सम्पन्न भएको छ ।

नेपाल मौरी पालक महासंघका केन्द्रिय अध्यक्ष शिव प्रसाद शर्मा पौडेलको अध्यक्षता रहेको कार्यक्रममा नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रि चक्रपाणी खनाल प्रमुख अथिती, पुर्व सामान्य प्रसासन मन्त्रि केशव कुमार बुढाथोकी विषिष्ठ अथिती रहेका थिए ।
नेपाल मौरी पालक महासंघ केन्द्रिय सचिव मोहन खनालले सञ्चालन गरेको कार्यक्रमलाई केन्द्रिय उपाध्यक्ष देवी दाहालले स्वागत गरेकि थिइन भने , केन्द्रय अध्यक्ष शिव प्रसाद शर्मा पौडेलले औचित्य माथि प्रकास पारेका थिए ।


नेपाल मौरी पालक महासंघ को २० औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय मौरी पालक किसान सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि खनालले मौरी पालनका लागि निती निर्माण गर्दै मह प्रसोधनका लागि साथै महको छुट्टै ल्यावको स्थापना गर्न सरकारी तवर वाट पहल गरिने वताए । सोहि अवसरमा वोल्दै मन्त्रि खनालले भने “ मौरी चरनको क्षेत्रमा विसादी प्रयोग गर्ने जो कोहिलाई जरिवाना सहित जेल सजायको ब्यवस्था गर्ने गरी कानुन निर्माण गर्छौ ।
मन्त्रि खनालले आयात न्युनिकरण गर्दै स्वदेसी महलाई वजारीकरणमा सहयोग गर्न समेत सम्बन्धित निकायलाई आगैह गरे ।
नेपाल मौरी पालक महासंघले कृषकका समस्या समाधानमा पहल गर्दै संगठित गर्ने काममा अग्रसर रहेको छ ।
किसानले उत्पादन गरेको महको वजारीकरणमा भने केन्द्रिय सहकारीले काम गरिरहेको छ । किसानलाई चरनको समस्या रहेको वताउदै नेपाल मौरी पालक महासंघ केन्द्रिय उपाध्यक्ष देवि दाहाल भन्छिन “ मौरी चरनमा लगेको वेला स्थानियहरु वाट असहयोग र विसादीको उच्चतम प्रयोगले समस्या हुने गरेको छ । मौरी चरनवाट राम्रो परागसेचन हुने हुदा उत्पादन बृद्धि सँगै वालिमा रोग किराको प्रकोप पनि कम हुने तथा पर्यावरणमा समेत सकारात्मक प्रभाव पर्ने तर कृषकले यस वारे नवुझेर हामिलाई समस्या पर्ने गरेको छ ।

