Aamsanchar

कार्य सम्पादनमा झापा तेस्रो

Author Image
शुक्रवार, साउन २८, २०७३

झापा ।

?

 

कृषि कार्यक्रमको प्रभावकारी कार्यान्व्यन र सुसान प्रर्वद्धनमा पूर्वाञ्चलको १६ जिल्ला मध्ये जिल्ला कृषि विकास कार्यालय झापा तेस्रो हुँदै पुरस्कृत भएको छ ।
क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले गरेको मूल्याङकनको आधारमा झापा यसवर्ष तेस्रो भएको हो । तेस्रो भएसंगै झापाले प्रसंसा पत्र सहित शिल्ड हात पारेको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
यसअघि उच्च पहाड, मध्य पहाड र तराईलाई कार्य सम्पादन मूल्याङकनका आधारमा पुरस्कृत गरिदै आएको थियो । सोही क्रममा झापाले यस अघि तराईका जिल्लाबाट उत्कृष्ट हुँदै पुरस्कार भइसकेको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक सालिकराम भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर