अर्जुनधारा।

पशु पकेट प्याकेज कार्यक्रम सम्बन्धि विस्तृत जानकारी दिने उद्धेश्यले एक दिवसीय अभिमुखिकरण गोष्ठी झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

पशु पकेट प्याकेज मूल कृषक समूहका अध्यक्ष तिलकबहादुर थापाको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत समूहका सदस्य नारायण पराजुलीले गरेका थिए ।
पशु विकास अधिकृत पदमलाल राईले सहजिकरण गरेको गोष्ठीमा एक सय १५ जना भन्दा बढी कृषकको सहभागिता रहेको बताइएको छ ।

नगरकी उपप्रमुख कमला खतिवडा आचार्य, बोर्ड सदस्यहरु दिलमाया दास, हरिमाया भण्डारी, सकुन्तला बराललगायतको आतिथ्यता रहेको गोष्ठीको सञ्चालन समूहका सचिव देवी ढुंगेलले गरेका थिए ।
Views: 225

