Aamsanchar

डान्सबार र दोहोरीमा काम गर्नेले तलब नपाएको गुनासो

Author Image
शनिवार, साउन २९, २०७३

dansbar

काठमाडौँ ।

अनौपचारिक तथा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाले आफूहरुले अहिलेसम्म पनि सञ्चालकबाट न्यूनतम पारिश्रमिक समेत नपाएको गुनासो गरेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज महिलाका निम्ति महिला मञ्च नेपालले आयोजना गरेको ‘मनोरञ्जन क्षेत्रमा निर्वाहमुखी ज्याला’ विषयक अन्तक्र्रियामा उनीहरुले पारिश्रमिकको कुरा ग¥यो भने साहुले उल्टै गालीगलौज गर्ने गरेको गुनासो पोखे ।

उनीहरुले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिने मनोरञ्जन क्षेत्रलाई राज्यले प्राथमिकतामा नराखिनुका साथै आफूहरुको श्रमको मूल्याङ्कन नगरेको बताए । नेपाल स्वतन्त्र होटल क्यासिनो तथा मजदुर युनियनका अध्यक्ष सूर्य कँुवरले मनोरञ्जन क्षेत्रको पारिश्रमिक समस्या बढ्दै गएको गुनासो आइरहेको बताउँदै यसप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

युनियनका महासचिव दीपक सापकोटाले श्रमको मूल्याङ्कन भएन भने देशभरिका मजदुरले आन्दोलन गर्ने चेतावनी दिनुभयो । संस्थाका अध्यक्ष सिर्जना पुनले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको मानवअधिकार सरकारले सुनिश्चित नगरेको, श्रम ऐनले पनि मनोरञ्जन क्षेत्रमा कार्यरत महिलालाई श्रमिक नमानेको र यसका लागि सशक्त रुपमा सरकारसमक्ष आप्mनो अधिकारको माग गर्ने बताउनुभयो ।

काठमाडौँ उपत्यकाका डान्सबार, दोहोरी साँझ, क्याबिन, रेस्टुराँ, खाजा घर मसाजजस्ता क्षेत्रमा करिब ५० हजार श्रमिक महिला कार्यरत छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर