Aamsanchar

मेस्सी राष्ट्रिय टिममा फर्किए

Author Image
शनिवार, साउन २९, २०७३

काठमाडौं।

lionel-messi

स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् ।झण्डै दुई महिनाअघि अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग टाइब्रेकरमा पराजित भएको थियो । मेस्सीले सन्यासको घोषणा गरेदेखि नै उनीमाथि निर्णय पुनर्विचार गर्न चौतर्फी दबाब परेको थियो ।

अर्जेन्टिनाको विश्वकप छनौट खेलका लागि घोषणा गरिएको टिममा मेस्सीको नाम समावेस छ । आउँदो सेप्टेम्बरमा हुने विश्वकप छनौट खेलमा अर्जेन्टिनाले उरुग्वे र भेनेजुएलासँग खेल्ने छ ।

मेस्सीले देशको मायाका कारण राष्ट्रिय टिममा फर्किने निर्णय गरेको बताएका छन् । आफ्ना लागि अर्जेन्टिनाको जर्सीले निकै महत्व राख्ने मेस्सीले बताएका छन् । अर्जेन्टिनाका नयाँ प्रशिक्षक एडगार्दो बाउसाले यही हप्ता बार्सिलोना गएर मेस्सीसँग छलफल गरेका थिए ।

२९ वर्षीय मेस्सीले राष्ट्रिय टिमबाट अहिलेसम्म एक सय ३३ खेलमा ५५ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर