Aamsanchar

‘प्रथम बलभद्र कप’ माघ १३ देखि 

Author Image
शुक्रवार, माघ ११, २०७५

शान्तिनगर ।

झापाको मेचीनगर–३ डाँडागाउँमा ‘प्रथम बलभद्र कप’ मेचीनगर स्तरीय आधारभूत विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।

माघ १३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने फुटबल झापाकै पहिलो धेरै विद्यालय सहभागी फुटबल प्रतियोगिता भएको आयोजकले दावी गरेको छ ।

बलभद्र आधारभूत बिद्यालयको आयोजनामा हुने उक्त प्रतियोगितामा मेचीनगर भित्रका विद्यालयवीच मैत्रीपूर्ण सम्वन्ध र विद्यालयको शैक्षिक विकास र खेलकुद सम्वन्धि हौसला प्रदान गर्दै सक्षम र दक्ष खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको खेल संयोजक देबु बानियाँले जानकारी दिनुभयो ।

विद्यालय परिषरमा आज पत्रकार सम्मेलन गर्दै मेचीनगरका २२ वटा सामुदायिक र १८ वटा निजी विद्यालय गरी जम्मा ४० वटा विद्यालयका फुटवल टिमको सहभागिता रहने जानकारी दिइएको छ । प्रतियोगिता विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद २५ हजार, उप–विजेताले १५ हजार र तेस्रो हुनेले नगद ५ हजार सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको प्रथम पुरस्कार बहुवन सामुदायिक बन, दोस्रो पुरस्कार पाँचपोखरी सामुदायिक बन र तेस्रो पुरस्कार तेलपानी सामुदायिक बनले प्रायोजन गरेको खेल संयोजक बानियाँले बताउनुभयो ।

प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी, उदयीमान खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र कोचलाई नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ । हरेक खेलका ‘म्यान अफ द म्याच’ लाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि जिल्ला फुटबल संघ, रेफ्रि संघ, मेची नेत्रालय फुटबल क्लव र काकरभिट्टा भेट्रान क्लवको प्राविधिक सहयोग रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगिताको करीव ९० प्रतिशत तयारी सकिएको छ भने उद्घाटन मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले गर्ने आयोजक समितिले जनाएको छ । पत्रकार सम्मेलन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद दासको सभापतित्व तथा मेचीनगर–३ का वडाध्यक्ष हर्कवहादुर बस्नेतको प्रमुख आथित्य रहेको थियो ।

मेचीनगर–३ का महिला वडासदस्य रिता थापाले स्वागत गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिलकबहादुर धिमाल, रेफ्रि भुवन थापा लगायतको आथित्य रहेको थियो । प्रतियोगिता सञ्चालन गर्न करीव १ लाख ५० हजार खर्च हुने र २ लाख रुपैयाँ बचत गरी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा प्रयोग गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर