Aamsanchar

संघर्ष गर्दै नेपाल

Author Image
शनिवार, साउन २९, २०७३

झापा ।

nepal-players-celebrate

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् चौथो चरणको खेलमा नेपालले अहिले शीर्ष स्थानको नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।

नेदरल्यान्ड्समा जारी खेलमा घरेलु टोलीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्दै कठीन प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई हराउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताअन्तर्गत् नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेल आगामी साउन ३१ गते सोमबार हुनेछ । यसअघि खेलेको ६ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ भने नेदरल्यान्ड्स शीर्ष स्थानमा छ । गत वैशाखमा घरेलु मैदानमा भएको नामिबियाविरुद्धका दुबै खेल जित्दै नेपालले प्रतियोगितामा अंकको खाता खोलेको थियो ।

 

त्यसअघिका दुबै चरणका खेलमा नेपाल स्कटल्यान्ड र पपुवा न्यूगिनीसँग पराजित भएको थियो । नेपालले नेदरल्यान्ड्ससँग खेलेपछि केन्या, हङकङ र युएईसँग खेल्ने छ । ८ टोली सहभागी च्याम्पियनसिपमा शीर्ष चार स्थानमा रहने राष्ट्रले आगामी एक दिवसीय विश्वकपको छनोट चरणमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (१)

सम्बन्धित खबर