Aamsanchar

झापा दूधमा आत्मनिर्भर

Author Image
शनिवार, साउन २९, २०७३

काँकडभिट्टा (झापा)।

झापामा एक वर्षमा रु चार अर्ब ५० करोड बराबरको दूध उत्पादन भएको छ ।

गत आर्थिक वर्ष ७२÷७३ मा झापामा दुई हजार ३०० मेट्रिन टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

जसको बजार मूल्य साढे चार अर्ब पुग्छ । झापा जिल्ला विगत केही वर्षदेखि दूधमा आतमनिर्भर हुदै आएको छ ।

जिल्लामा उत्पादन भएको दूधमध्ये ८० प्रतिशत आन्तरिक खपत र २० प्रतिशत भारतको सिलिगुडी जाने गरेको जिल्ला पशुसेवा कार्यालय झापाको तथ्याङ्कले देखाएको छ ।

कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीकाअनुसार जिल्लामा १०५ वटा व्यावसायिक गाई फार्म दर्ता भई सञ्चालनमा छन् । जिल्लामा पाँच हजार लिटरभन्दा बढी दूध खपत गर्दै आएका दुई ठूला एनएमसी डेरी र ऋतिका डेरी सञ्चालनमा आएपछि दुग्ध उत्पादनमा लागेका कृषक झनै लाभान्वित भएका छन् ।

आव ७३÷७४ मा झापालाई दूधमा आत्मनिर्भर भएको औपचारिक घोषणा गरिने जिल्ला पशुसेवा कार्यालयको तयारी रहेको अधिकृत खत्री बताउनुहुन्छ ।

जिल्ला पशुसेवा कार्यालयले सञ्चालन गरेको कृत्रिम गर्भाधान र गाउँ÷गाउँमा सुव्यवस्थित ढङ्गले सञ्चालनमा आएका ठूला गाईफार्मका कारण झापामा दूधको उत्पादन वृद्धि भएको हो ।

जिल्लामा नशल सुधारका लागि १२ वटा सामुदायिक प्रजनन् केन्द्र, १७ वटा सेवा केन्द्र र निजी क्षेत्रले समेत काम गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर