Aamsanchar

बालिविकास, मेरीगोल्ड, बालसुबोधिनी र होलीबेल विजयी

Author Image
बिहिवार, माघ १७, २०७५

बाहुनडाँगी ।

मेचीनगर–३ डाँडागाउँमा जारी ‘प्रथम बलभद्र कप’ फुटवल प्रतियोगिता अन्तरगत बिहिवार चार खेल सम्पन्न भएको छ । विद्यालयको खेल मैदानमा भएको मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार बालसुवोधिनी आधारभूत विद्यालय दुवागढी, मेरीगोल्ड एजुकेशन फाउण्डेशन आमडाँगी, बालविकास आधारभूत निन्दा सिरान र होलिबेल अंग्रेजी स्कुल धुलावारी विजयी भएका छन् ।

पहिलो खेलमा बालसुवोधिनीले कृष्ण आधारभूत विद्यालयलाई ३÷१ गोल अन्तरले हराएको थियो । जितका लागि बालसुबोधिनकिा तर्फबाट सुभाष राईले २ गोल र राजन विकले १ गोल गरेका थिए । कृष्णका तर्फबाट सलन राईले सान्तवना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बालसुबोधिनीका सुभाष राई भाए ।

यसैगरी दोस्रो खेलमा मेरीगोल्डले ओसेनिक निर्भान अंग्रेजी स्कुललाई टाइब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुबै टिमबाट १÷१ को बराबरी भएपछि निर्णका लागि टाइब्रेकरमा लगिएको थियो । खेलको मयान अफ द म्याच मेरीगोल्डका गोलरक्षक सञ्जिव तामाङ भएका आयोजक समितिका सदस्य किरण राइले बताए ।

यसैगरी तेस्रो खेलमा बालविकासले मेची जनसाधारण माविलाई १÷० को गोल अन्तरले पराजित गरेको छ । जितका लागि बालविकासका नितेश चाहारले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच अर्जुन राई भए ।

खेलको चौथो तथा अन्तिम खेलमा होलिबेलले आदर्श विद्या मन्दिर अंग्रेजी स्कुललाई ४÷१ को गोल अन्तरले पराजित गरेको छ । जितका लागि होलिबेलका पासाङ तामाङले २, रोजल तामाङ र युनिश उप्रेतीले १÷१ गोल गरेका थिए । आदर्शका तर्फबाट सुदर्शन सुनुवारले एक गोल गरे । खेलको म्यान अफ द म्याच आदर्श विद्या मन्दिरका सुदर्शन सुनुवार घोषित भए ।

शुक्रवारको पहिलो खेल धुलावारी मावि र भानु मावि, दोस्रो खेल पारिजात पब्लिक स्कुल र मेरीगोल्ड एजुकेशन फाउण्डेशन, तेस्रो खेल हिमालयन इङ्लिस एकाडेमी र दोकानडाँडा बोडिङ स्कल तथा अन्तिम खेल जनज्योति आधारभूत र पवित्रा मावि बिच हुने आयोजक समितिका सदस्य हेमन्त बस्नेतले बताए । झापा जिल्लाकै सबै भन्दा धेरै विद्यालय सहभागि गराएर आयोजना गरिएको यस प्रतियोगितामा विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो पुरस्कार बहुवन सामुदायिक वन र दोस्रो पुरस्कार पाँचपोखरी सामुदायिक वनले प्रदान गरेको छ । प्रतियोगिताको फाइनल खेल माघ २५ गते हुनेछ । प्रतियोगितामा मेचीनगरका २२ वटा सामुदायिक र १८ वटा निजी विद्यालयहरुको सहभागिता रहेको छ । यो प्रतियोगिता जिल्लाकै सबै भन्दा धेरै विद्यालय सहभागी गराएर आयोजना गरिएको खेल हो । प्रतियोगिताको फाइनल माघ २५ गते हुनेछ । फाइनलमा विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले १५ हजार प्राप्त गर्नेछन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर