Aamsanchar

पारा तेक्वान्दो टोली टर्की जाँदै

Author Image
शुक्रवार, माघ १८, २०७५

काठमाडौँ,

आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ ।

पुरुषको ‘पी–३० क्याटागोरी’तर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला ‘के–४४ क्याटगोरी’तर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कास्य पदक विजेता हुन् ।

टिम व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्य सुदिल शाहीले बिहीबार बिदाइ गर्नुभयो । प्रतियोगिता यही माघ २२ र २३ गते हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर