Aamsanchar

आयो है नया च्याउ

Author Image
आइतवार, साउन ३०, २०७३

chyaaau

बुटवल।

तराईको गर्मी मौसममा पनि उत्पादन राम्रो हुने भएपछि रुपन्देहीमा सेतो मिल्की च्याउको व्यावसायिक खेती सुरु गरिएको छ ।

जाडो सिजनमा मात्र कन्ये च्याउको खेती गरिँदै आएको तराई भेगमा च्याउको माग बढेसँगै त्यसको विकल्पमा सेतो मिल्की च्याउको परिक्षण पछि सुरुवात गरिएको हो । सामान्यतया ३७ देखि ४२ डिग्री तापक्रममा पनि सेतो च्याउबाट राम्रो उत्पादन लिन सकिने रुपन्देहीको गजेडीमा रहेको स्पन्जर च्याउ फर्मका अध्यक्ष गङ्गाधर शर्माले बताउनुभयो ।

च्याउको माग दैनिक रुपमा बढ्दै गएपछि गर्मी सिजनमा रुपन्देहीमा काठमाडौँ, पाल्पा, भारतबाट च्याउ आउने गरेको थियो । मिल्की च्याउको उत्पादनपछि अब अन्य जिल्लाबाट आयात गर्न नपर्ने शर्माले बताउनुभयो ।

किट विकास निर्देशनालयका कार्यक्रम निर्देशक हरिहर अधिकारीले च्याउ मुटु रोगी, क्यान्सरका रोगीलगायतलाई लाभदायक हुने, शतप्रतिशत प्राङ्गारिक र साकाहारीको उच्चस्तरको खाना मानिने भएकाले बजारमा यसको माग बर्सेनि बढ्दै गएको बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) नेपालका वरिष्ठ वैज्ञानिक गोपालप्रसाद पराजुलीले सेतो मिल्की च्याउबाट अन्य जातको च्याउभन्दा बढी आम्दानी लिन सकिने बताउनुभयो । एक किलो परालमा राखेको बिउबाट एक किलो ५०० ग्राम उत्पादन लिन सकिने हुँदा कम लागतमा राम्रो उत्पादन मिल्ने उहाँले उल्लेख गर्नु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर