अर्जुनधारा।
झापाको अर्जुनधारामा जारी प्रदेश नं.१स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा कर्णसिंह सोनाम स्मृती स्पोर्टीङ क्लब ताप्लेजुङ प्रवेश गरेको छ ।
स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज सम्पन्न खेलमा बसाहा क्लब उदयपुरलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
विजयी टिमको लागि खेलको पहिलो गोल सुष्मा खातीले ७औं मिनेटमा र दोस्रो गोल अनुष्का शेर्पाले ३३औं मिनेटमा गोल गरेका थिए ।
खेलको वूमन अफ दी म्याच ताप्लेजुङकी अनुष्का शेर्पा घोषित भएकी थिइन् । उनलाई त्रिनेत्र बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष केशवकुमार खड्काले नगद दुई हजारबाट पुरस्कृत गरेका थिए ।
मंगलबार(भोली)को पहिलो सेमिफाइनल खेल पारिजात महिला फुटबल क्लब झापा र माउण्ट एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीबीच हुने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले जानकारी दिए ।